सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरूको समेत प्रतिनिधित्व हुनेगरी सो कार्यदल गठन गरेको हो ।
कार्य दललाई अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधानका लागि आवश्यक मापदण्ड बनाउन दुई हप्ताको समयावधि दिइएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले जानकारी दिइन् ।
उनले भनिन्, ‘यहाँ हाम्रो विभागीय सहसचिव हुनुहुन्छ रामकृष्ण लामिछानेजी । उहाँको संयोजकत्वमा अपाङ्गता महासङ्घका अध्यक्ष राम कार्की, पीडितको पक्षबाट स्वयम दीपक भण्डारी, जो धर्ना कस्नु भएको थियो । ३ सदस्यीय कार्यदल बनाउन मैले निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार उहाँहरूले छलफल गर्दाखेरी त्यसलाई ५ सदस्यीय बनाइएको छ । जस अनुसार उनीहरूलाई सहायता सामग्री आवश्यकता अनुसार उपलब्ध गराइने, पूर्णरुपमा असक्त भएकाहरूलाई सहयोगीको व्यवस्था गर्ने लगायतका विषयमा सुझाव दिनेछ ।’
अपाङ्गता भएका दीपक भण्डारीले काठमाडौँमा सहयोगीको माग गर्दै धर्ना दिँदै आएका थिए । उनीसहित अन्य उस्तै व्यक्तिका समस्या समाधान हुनेगरी मापदण्ड बनाउन कार्यदल गठन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले बताइन् । कार्यदलले दिएको सुझावको आधारमा मापदण्ड बनाई कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्र गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन
-
दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्
-
सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
-
रास्वपाले स्वीकार गर्यो बालेन शाहलगायतसँग गरिएको संवाद
-
रवि लामिछाने पक्राउ पश्चात मात्र सरकार देखियो : रास्वपा
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गरे गोली प्रहार