मन्त्रिपरिषद् बैठक
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
बिहीबार, १५ चैत २०८०, १९ : २७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अन्तर सरकार (प्रदेश तथा स्थानीय तह) राजस्व बाँडफाँडको अनुमानित लक्ष्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्वको विनियोजन यकिन गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी वर्ष प्राप्त राजस्वबाट अन्तर सरकारी निकाय प्रदेश सरकार र स्थानीय तहलाई समान ७७ अर्ब ५० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ । यसो गर्दा ७ वटा प्रदेश बराबर ७५३ स्थानीय तहले राजस्व पाउने छन् ।
यसैगरी, वित्तीय समानीकरण अनुदानको परिणाम अनुसार सात प्रदेशको लागि ६० अर्ब रुपैयाँ र स्थानीय तहहरूको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म