सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय र सबै प्रदेशमा सर्कुलर गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सादा पोसाकमा खटिने (घुमुवा) प्रहरी गैर व्यावसायिक काममा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरलाई त्यसबारे सर्कुलर गर्न भनेका हुन् ।
सादा पोशकाका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरेर नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन सर्कुलर गरिएको छ । अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक अन्य प्रहरी कर्मचारीले अब युनिफर्म लगाउनुपर्ने र कार्यालय प्रमुखले त्यसबारे मनिटर गर्नुपर्ने परिपत्र गरिएको छ । प्रहरी हेडक्वार्टरले जिम्मेवारी परिवर्तन गरिएका कर्मचारीको नामावली दुई घण्टामा पठाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?