प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
_L25pbEVlWB.jpg)
काठमाडौँ । प्रहरीमा १ वर्षको अवधिमा ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको छ । २०७९ चैत १० देखि २०८० फागुन ३० सम्ममा सो सङ्ख्यामा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै अपराध काठमाडौँ उपत्यकामा हुने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै गत वर्ष १७ हजार ३९७ वटा घटना र जाहेरी दर्ता गरिएको प्रहरी प्रवक्ता (डीआईजी) भीम प्रसाद ढकालले जानकारी दिए । सबैभन्दा थोरै मुद्दा कर्णाली प्रदेशमा दर्ता भएको छ । कर्णाली एक वर्षको अवधिमा १ हजार ९६५ मुद्दा दर्ता भएको छ ।
बैंकिङ कसुरको मुद्दा सङ्ख्या वृद्धि भएको छ । २०७९ चैत १० पछि हालसम्म १३ हजार २७७ वटा मुद्दा दर्ता भएका छन् । २०८० साल असार ११ बाट देशभरका जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरको मुद्दा दर्ता गर्न थालेका छन् ।
गत वर्ष महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटना र बलात्कार मुद्दा २ हजार ४६८ वटा प्रहरीमा दर्ता भएको छ । कुल घटनाको ३५ दशमलव ८९ प्रतिशत मुद्दा महिला तथा बालबालिकासँग सम्बन्धित छन् । घरेलु हिंसाका निवेदन १६ हजार ७४१ वटा दर्ता भए । तीमध्ये ८ हजार ३४९ मुद्दा मिलापत्र भएको डीआईजी ढकालले जानकारी दिए ।
महिला तथा बालबालिका सम्बन्धी अपराध अन्य प्रदेशको तुलनामा मधेसमा धेरै दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा
-
‘सिरियल किसर’ को ट्यागले हैरान इमरान
-
दरभङ्गामा दुई दिन : याद र अनुभूति
-
प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर
-
वर्षापछि खुल्यो काठमाडौँ उपत्यकाको मौसम (तस्बिरहरू)
-
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु