सुजुकीको नयाँ वर्ष अफरमा १० हजार नगद छुट, अन्य के–के छन् अफर ?

काठमाडौँ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ वर्ष अफर ल्याएको छ । ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ नाम दिइएको उक्त योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।
यस्तै थप स्क्राच कार्डमार्फत १ लाख सम्म क्यास वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ ग्राहकवर्गले सोही छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि उपलब्ध हुने जनाएको छ । यो योजना चैत १४ देखि ज्येष्ठ १८ सम्म लागु हुनेछ ।
बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा महिलाको शव फेला
-
काठमाडौँका सार्वजनिक स्थानमा फोहर फाले १५ हजारसम्म जरिवाना
-
लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर
-
लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार गर्न आवश्यक : उपप्रमुख डंगोल
-
ऊ आएको छ
-
युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय : राष्ट्रपति पौडेल