‘डेब्यू’ खेलमै आलोचनाको शिकार बनेका युवा बलर मफाकालाई ब्राभो र पोलार्डको सान्त्वना

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार राति खेलिएको सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिचको खेलसँगै तीव्र गतिका दक्षिण अफ्रिकी युवा बलर क्वेना मफाकाको चर्चा पनि चुलिएको छ । हैदराबादले मुम्बईलाई ३१ रनले हराएको त्यो रोमाञ्चक खेल १७ वर्षीय बलर क्वेना मफाकाको आईपीएलमा पहिलो खेल थियो ।
त्यो खेलमा क्वेना मफाका सबैभन्दा बढी रन खर्चने बलर बन्न पुगेका थिए । उनले चार ओभरमा ६६ रन खर्चिएका थिए । तर, विकेट भने लिन सकेनन् । आफ्नो ‘डेब्यू’ खेलमै निराशाजनक प्रदर्शनपछि मुम्बईका समर्थकहरु क्वेना मफाकाविरुद्ध खनिएका छन् । सामाजिक सञ्चालमा पनि उनको ब्यापक आलोचना भइरहेको छ । यसअघि यू–१९ विश्वकपमा भने क्वेना मफाकाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यू–१९ विश्वकपको उत्कृष्ट प्रदर्शनकै कारण मुम्बईले उनलाई आईपीएलमा आफूसँग जोडेको थियो । तर, पहिलो खेलमै निराशाजनक प्रदर्शन गरेपछि कतिपय क्रिकेट विश्लेषकले उनको बलिङमाथि नै प्रश्न उठाउन थालेका छन् । तर, वेस्ट इन्डिजका केही प्रभावशाली क्रिकेटर भने क्वेना मफाकाको बचाउमा ओर्लिएका छन् । उनीहरुले मफाकालाई आलोचनाबाट नडराउन र आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्न सन्त्वना पनि दिएका छन् ।
वेस्ट इन्डिजका चर्चित खेलाडी काइरन पोलार्ड र ड्वेन ब्राभोले युवा बलर मफाकालाई हिम्मत नहार्न सान्त्वना दिएका हुन् । एक खेलकै आधारमा कुनै पनि खेलाडीको मूल्याङ्कन गर्न नसकिने तर्क पनि उनले गरेका छन् । ब्राभोले सामाजिक सञ्जालमा मफाकाको तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘च्याम्पियन, हरेस नखाउ । तिमी आफ्नो हौसला कायम राख । आगामी खेलमा तिमीले उत्कृष्ट प्रदर्शन गर्नेछौ भन्ने विश्वास मैले लिएको छु । एउटा खेलबाट मात्र कुनै पनि खेलाडीको मूल्याङ्कन गर्न सकिँदैन । प्रतियोगिता अगाडि बढ्दै जाँदा तिम्रो प्रदर्शनमा पनि निखार आउँदै जानेछ ।’
यसैगरी काइरन पोलार्डले पनि मफाकालाई हरेश नखान सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो हौसला काम राख । विश्व क्रिकेटमा सुन्दर भविष्य तिम्रो प्रतिक्षा गरिरहेको छ । तिम्रो क्षमतामाथि मलाई पूर्ण विश्वास छ । परिवार, साथीभाई र शुभचिन्तकहरुले तिमीप्रति गर्व गरिरहेका छन् ।’
सामाजिक सञ्जालमा ब्राभो र पोलार्डको पोष्ट सार्वजनिक भएको मफाकाको आलोचना पनि मत्थर बन्दै गएको छ । सामाजिक सञ्जालमा मफाकाप्रति सहानुभूति देखाउनेको संख्या पनि बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा