भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन
बिहीबार, १५ चैत २०८०, ११ : ४५
![भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन](https://rpcdn.ratopati.com/media/albums/jajarkot_H4Xg8U0CvS.jpg)
काठमाडौँ । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका गोविन्द थारुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदीमा बेपत्ता भएका ३५ वर्षीय थारुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको हो ।
सशस्त्र प्रहरीको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट बिहीबार बिहान ४ जना गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि बेपत्ता भएलगत्तै आश्रित गुल्म जाजरकोटबाट निरन्तर खोजी गरिए पनि थारु फेला परेका थिएनन् ।