खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर स्वास्थ्य शिविर गर्ने

काठमाडौँ । खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समाजले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए ।
विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । साथै यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख जति सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए ।
खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने उनले बताए ।
चैत १५ देखि २४ गतेसम्म चल्ने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताइएको छ ।
शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाजजोर्नी, ग्यास्ट्रोलोजीलगाएत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधीवितरण निःशुल्क गरिने समाजले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि