संयुक्त राष्ट्रसंघको प्रतिवेदन : १० वर्षमा ३८ हजार ४०० आप्रवासीको समुद्रमा डुबेर मृत्यु

न्यूयोर्क । हालैका वर्षमा आप्रवासीहरू डुबेर मरेको खबर निकै आइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)को अन्तर्राष्ट्रिय आप्रवासन संगठनले सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार विगत १० वर्षमा ६४ हजार आप्रवासीको मृत्यु भएको जनाएको छ ।
यीमध्ये ३८ हजार ४०० जना आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको हो । यसमा २७ हजार जनाको मृत्यु भूमध्यसागरमा भएको छ ।
धेरैजसो आप्रवासीहरू भूमध्यसागर हुँदै उत्तर अमेरिकाबाट दक्षिणी युरोप पुग्ने प्रयास गर्छन् । भूमध्यसागर खतरनाक क्षेत्र भएकाले यहाँ यात्रा गर्नु निकै जोखिमपूर्ण रहेको आईओएमका डाटा विश्लेषक एन्ड्रिया गार्सिया बोर्जा बताउँछिन् । भूमध्यसागरको तथ्यांकलाई अन्य क्षेत्रको तुलनामा धेरै गहन रूपमा हेरिएको उनले बताइन् । सहारा मरुभूमिजस्ता क्षेत्रको अनुगमन गर्न कठिन भएकोले भरपर्दो तथ्यांक आउन चाँहि मुस्किल भएको उनको भनाइ छ ।
आधाभन्दा बढी मामिलामा आईओएमले आप्रवासीको लिङ्ग वा उमेर के कति थियो भनेर भेउ पाउनै सकेन । पहिचान भएका आप्रवासीहरू मध्ये एक तिहाइ भन्दा बढी द्वन्द्वग्रस्त देशहरू वा ठूलो संख्यामा शरणार्थी भएका देशहरूबाट आएका थिए । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभर आप्रवासन मार्गमा ८ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको देखाएको छ । यस हिसाबले सन् २०२३ लाई सबैभन्दा खतरनाक वर्ष भन्न सकिने आइओएमको भनाइ छ । यस वर्षको तथ्यांक पनि चिन्ताजनक हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक