फलोअप
खड्का ल्याण्डकाे विवरण पठाउन मन्त्रालयको निर्देशन
बुधबार, १४ चैत २०८०, १९ : ५८

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार ६ बुँदे पत्र लेख्दै पूर्ण विवरण पठाउन स्काउटलाई निर्देशन दिएको हो । पत्रमा नेपाल स्काउट र श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबिच जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौताको विवरण पठाउन भनिएको छ । उक्त प्रालिलाई भाडामा लगाएको रकम र मिति मन्त्रालयले माग गरेको हो ।
यसअघि रातोपाटीले स्काउटको जग्गा भाडा विवादबारे लेखेको थियो । नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले सत्ता र राजनीतिक शक्तिको बलमा स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर १२ रोपनीमा भोगचलन गरिरहेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार