दैलेखको छामघाट खोलामा डुबेर एक युवाको मृत्यु
बुधबार, १४ चैत २०८०, १८ : ५०

सुर्खेत । दैलेखको छामघाट खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन् ।
दैलेख प्रहरीका अनुसार बुधबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा ४ जना र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ५ जनाको टोली खटी मृतकको शवलाई पानीबाट बाहिर निकालिएको थियो । अहिले उक्त शव पोष्ट मार्टमको लागि दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय