मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोकेकोप्रति व्यवसायीहरूको आपत्ति

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको कार्य रोकेकोप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासले २३ मार्चदेखि मागपत्र प्रमाणीकरणको कार्य रोकेको छ । उक्त कार्यप्रति नेपाली म्यानपावर व्यवसायीहरूले आपत्ति जनाउँदै खुला गर्न भनेका हुन् ।
मलेसियाले ३१ मार्च २०२४ देखि विदेशी कामदारलाई ‘कलिङ भिसा’ जारी नगर्ने घोषणा गरेको छ । सोही आधारमा दूतावासले २३ तारिखबाट नै मागपत्र प्रमाणीकरणको कार्य रोकेको थियो । व्ययवासीहरूले भने मागपत्र प्रमाणीकरण रोकेको प्रति आपत्ति जनाएका हुन् ।
मलेसियाले आगामी मे ३१ तारिखभित्र एप्रुभल भइसकेका डिमाण्डमा विदेशी कामदार ल्याइसक्नुपर्ने बताएको छ । मे महिनाभित्र विदेशी कामदार नआएको खण्डमा उक्त कोटा खारेजी गर्ने मलेसियाको योजना छ ।
सोही आधारमा नेपाली दूतावासले गत शुक्रबार सूचना जारी गर्दै सुरक्षागार्ड बाहेकका अन्य मागपत्र प्रमाणीकरण स्थगित गरिएको जनाएको थियो । दूतावासले २२ मार्चअघि नै प्रमाणिकरणका लागि थुप्रै फाईलहरू पेण्डिङमा रहेको जनाएको थियो । ती मागपत्रहरूको प्रमाणीकरण गर्दा थप प्रमाणीकरण गर्न नसकिने भन्दै रोकेको दूतावासले जनाएको छ ।
तर, व्यवसायीहरूले भने ३१ मार्चसम्म नै माग पत्र प्रमाणीकरण गरिनुपर्ने बताउँदै आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दूतावासले ३१ तारिखसम्म नै मागपत्र प्रमाणीकरण गर्नुपर्ने बताए । मार्च २३ तारिखबाट नै माग प्रमाणीकरणको काम रोकेको बताए । मलेसियाले ३१ मार्चबाट विदेशी कामदार ल्याउन रोकेकोमा दूतावासले भने त्यस अगावै माग प्रमाणीकरणको कार्य रोकेको बताए ।
‘दूतावासले २३ तारिखबाटै माग प्रमाणीकरण बन्द गरिदिएको थियो । माग प्रमाणीकरण खुला राख्नुपर्छ भन्ने कुरा हो । मलेसिया सरकारले ३१ तारिखसम्म मात्रै भिजा समिसन गर्ने मिति तय गरेको छ । तर, दूतावासले भने २३ तारिखबाटै रोकिदियो । व्यवसायीहरूले ल्याएको माग किन प्रमाणीकरण नगर्ने भन्ने हो’, अध्यक्ष भण्डारीले भने ।
यो विषयमा दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई के गर्ने भनेर सोधेको थियो । त्यसमा मन्त्रालयले मागपत्र प्रमाणीकरण निर्देशिका अनुसार नै गर्न निर्देशन दिएको थियो ।
मार्च ३१ तारिखबाट विदेशी कामदार रोक्ने भन्ने निर्णय गरेको छ । त्यो अघि माग प्रमाणीकरण रोक्ने कि नरोक्ने भनेर दूतावासले मन्त्रालयलाई पत्र लेखेको थियो ।
माग प्रमाणीकरण गर्ने कि नगर्ने भन्नेमा दूतावास अन्यौलता थियो । सोही आधारमा मन्त्रालयमा सोधेको थियो । त्यसका जवाफमा मन्त्रालयले त्यसमा जे गर्दा उपयुक्त हुन्छ त्यही गर्नु भनेर निर्देशन पठाइएको थियो । मन्त्रालयले माग पत्र प्रमाणीकरण नगर्नु भन्ने विषय उल्लेख नगरेको जनाएको छ । मागपत्र प्रमाणीकरण निर्देशिका अनुसार नै काम गर्नु भनेर पठाएको थियो ।
मलेसियाले १ मार्च २०२४ देखि ३१ डिसेम्बर २०२४ सम्म अवैधानिक रूपमा बस्दै आएका विदेशी कामदारहरूलाई घरफिर्ती कार्यक्रम गर्देछ । उक्त समयमा अवैधानिक रूपमा मलेसियामा बस्दै आएका विदेशी आप्रवासीहरूलाई स्वदेश फर्किन समय दिएको हो । सोही आधारमा मलेसियाले नयाँ कामदार ल्याउन बन्द गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’