अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णयलाई मन्त्री चौधरीको चुनौती

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् । आज टीकापुरमा सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सम्मिलित बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि चौधरीले आफूहरुको समर्थन कायमै रहने दाबी गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका चौधरीले रातोपाटीसँग भने, ‘हामी बहुमत संसदीय दलका सदस्यहरुको समर्थन प्रदेश सरकारलाई कायमै रहेको छ । आज के निर्णय भयो, हामीलाई थाहा छैन ।’
सरकारबारे निर्णय गर्न आज टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सम्मिलित बैठकको औचित्य समेत नभएको उनले बताए ।
पार्टीका संरक्षक रेशमलाल चौधरीसहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरुको उपस्थितिविना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् । त्यस्तै, नाउपा निकट स्रोतकाअनुसार जापानमा रहेका पार्टी संरक्षक चौधरीले यस्ता राजनीतिक निर्णयहरु धेरै हुने गरेको बताउँदै सांसदहरुलाई विचलित नहुन समेत आग्रह गरिएको र आफू फर्केपछि ठोस निर्णय लिने भन्दै आश्वस्त पारेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ