त्रिविबाट फेरि हरायो उत्तरपुस्तिका
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन थालिएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनिकाले आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो ।
यसअघि स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको थियो । गत कात्तिकको पहिलो साता भएको जनसङ्ख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको हो । देशभरबाट ल्याइएका १६५ थान उत्तरपुरस्तिका हराएको थियो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत पुनः जाँच गर्नुपर्ने हुन्छ । उक्त सम्परीक्षण गर्नु अघि नै उत्तरपुस्तिकाको पोकै हराएको थियो ।
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो उक्त विषयको पुनः परीक्षा गराउने गरी गृहकार्य सुरु भएको छ । कुनै सूचना जारी नगरीकनै सम्बन्धित क्याम्पसमा जति परीक्षार्थी छन् त्यहीअनुसार प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीका अनुसार तत्कालै परीक्षा तालिका बनाएर पुनः परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘उत्तरपुस्तिका कतै मिसिङ भएको पाइएको छ । उत्तर पुस्तिकाहरू धेरै हुन्छन् । मिलाउने क्रममा कति कतै मिसिङ हुने गरेको देखिन्छ.’ ती अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास