गृहमन्त्री लामिछानेले भने– निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको छु

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका हुन् ।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।
बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’
यस्तै गृहमन्त्री लामिछानेले जीवन चलाउनेको केश गम्भीर रहेको बताएका छन् । त्यसकारण पनि सुन काण्डको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको उनले बताए ।
उनले भने,‘सुन काण्डको प्रतिवेदन ४८० पेजको छ, त्यसमा राज्यका धेरै महत्त्वपूर्ण सूचना छन् । त्यसलाई सार्वजनिक गर्दा तस्करले लाभ पाउने अवस्था छ । उपयुक्त समयमा त्यसलाई सार्वजनिक गरिनेछ ।’
गृहमन्त्री लामिछानेले रातिको समयमा प्रहरीको पेट्रोल पम्प खुला गर्दा त्यसले सकारात्मक प्रभाव परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा शक्तिशाली भूकम्प
-
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ
-
‘ओल्मोलाई दर्ता गर्न बार्सिलोनासँग पैसा नै छैन’
-
मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
-
एनआरएनए एकता महाधिवेशनलाई सहयोग पुग्नेगरी सरकारी निर्णय
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक