अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सांसद तामाङको सुझाव

काठमाडौँ । सांसद बुद्धिमान तामाङले कुनै पनि विषयको अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । बुधबार बसेको राज्य व्यवस्था समिति बैठकमा उनले सो सुझाव दिएका हुन् ।
सांसद तामाङले भने, ‘विनोद चौधरीको पासपोर्ट सिज गर्ने कुरा थियो रे । पहिला समात्यो अनि छोड्यो मान्छेलाई बेइज्जत गर्ने तरिकाले समात्न भएन । कृष्णबहादुर महरालाई विदेश भाग्न लागेको भनेर छोडियो तर समातेर ल्याएपछि अस्पताल राखेर तारिखमा छोड्ने काम भयो । कुनै कुरामा पूरा अध्ययन गरेर मात्र गृह प्रशासनले समात्न आवश्यक छ बेइज्जत गर्ने तरिकाले समात्न भएन ।’
तामाङले बाँसबारी जग्गा प्रकरणमा जग्गा फिर्ता भएको हो कि ल्याएको हो भनेर प्रश्न समेत गरे । उनले भने, ‘गृह मन्त्रालयले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोजेको, सीडीओलाई परिपत्र गरेको भन्ने कुरा आयो । बालुवाटारमा पहिले एक जनाले जग्गा फिर्ता गर्यो तर उसलाई कारबाही भएन । बाँसबारी जग्गा प्रकरणमा जग्गा फिर्ता भएको हो कि ल्याएको हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
न्यायाधीश नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
-
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत
-
शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक
-
नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले