'दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार राख्न कसरी दिइयो ?'(भिडियोसहित)
काठमाडौँ । नेकपा एमालेका नेता तथा राज्य व्यवस्था समितिका सदस्य रघुजी पन्तले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार राख्न कसरी दिइयो भन्दै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।
समितिको बुधबार बसेको बैठकमा बोल्दै उनले हतियार नियमन गर्न नसकेकै कारण संसारका विभिन्न मुलुकमा ठुला हत्याकाण्ड भएको भन्दै त्यस्ता हतियार कतिलाई दिइएको छ भन्दै प्रश्न गरे । दुर्गा प्रसाईँलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुन बिचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने अहिले गुप्तचर निकाय गृहमन्त्री मातहत छैन । गृहमन्त्रीले भोलि घटना भयो भने मेरो मातहत गुप्तचर निकाय छैन भन्नुपर्ने अवस्था आउँछ, गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राखिएको छ । तराईका जिल्लाहरूमा सीमापारी अपराधीहरू आएर घटना घटाउने गरेका छन् । त्यहाँका जनताको सुरक्षामा ध्यान दिन आवश्यक छ । हाम्रो सिमानामा राखिएका सुरक्षा पोस्टको अवस्था के छ त्यसको अवस्था हेरेर बलियो बनाउन आवश्यक छ ।
दशगजामा भारतले सुरक्षा पोस्ट बनाउने गरेको भन्दै उनले सीमा सुरक्षाको अवस्थाबारे पनि गृहमन्त्रीसँग जवाफ माग गरेका छन् ।
छलफलमा समितिका सदस्य प्रकाश अधिकारीले बन्दी गृहलाई सुधार गृहको रूपमा परिणत गर्न आवश्यक रहेको बताए । गृह प्रशासनले छिटो छरितो सेवा दिन आवश्यक रहेको उनको भनाइ थियो ।
त्यसैगरी दुर्गा राईले होलीका दिन ठुला घटना घट्दा समेत सुरक्षाकर्मीले किन नियन्त्रण गर्न सकेन भन्दै गृहमन्त्री लामिछानेको जवाफ मागिन् । पत्रकारलाई नियन्त्रण गर्न सिडिओलाई पत्राचार गरिएको प्रसङ्ग निकाल्दै उनले यो निर्णय पञ्चायती व्यवस्था जस्तो तथा सङ्घीयता विरोधी कदम भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस