बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुसुरो बालीको उत्पादन घट्दो, आयात बढ्दो

बुधबार, १४ चैत २०८०, ११ : ५३
बुधबार, १४ चैत २०८०

काठमाडौँ । मुसुरो बालीको क्षेत्रफल र उत्पादन घट्दो क्रममा रहेको पाइएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा हिउँद सिजनमा हुने मुसुरोको उत्पादन र क्षेत्रफल घटेको हो । 

आर्थिक वर्ष २०७६/२०७७ मा २ लाख १२ हजार हेक्टर क्षेत्रफमा मुसुरो खेती गरिएको थियो । सो क्षेत्रफलबाट २ लाख ६२ हजार मेट्रिक टन मुसुरो उत्पादन भएको तथ्याङ्क छ  । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा मुसुरो खेती भएको थियो भने सो क्षेत्रफलबाट करिब २ लाख ५२ हजार मेट्रिक टन  उत्पादन भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २ लाख २ हजार हेक्टर क्षेत्रफलमा मुसुरो खेती गरिएको थियो । सो वर्ष २ लाख ४६ हजार मेट्रिक टन मुसुरो उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।

तर, नेपालमा चालु आर्थिक वर्षमा मात्रै ४० हजार २९८ मेट्रिक टन मुसुरो आयात भएको छ । भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब ८९ करोड ६३ हजार रुपैयाँको मुसुरो आयात भएको देखाएको हो । 

गत वर्ष ६ अर्ब ७९ हजार ४७ लाख  रुपैयाँ बराबरको ६५ हजार ६९३ मेट्रिक टन मुसुरो आयात भएको थियो ।  यस्तै अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ४३ हजार १८५ मेट्रिक टन मुसुरो आयात भएको छ । सो वापत ४ अर्ब ४० करोड १ लाख रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप