रेशम चौधरी विदेश रहेको बेला बैठक बोलाएपछि नाउपामा विवाद

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज बिहान र दिउँसो बस्ने भनिएको संस्थापक र सांसदहरूको बैठकमा विवाद उत्पन्न भएको छ ।
पार्टीका संरक्षक नेता रेशमलाल चौधरीको उपस्थिति विना बस्न लागेको बैठकलाई नाउपाका एकथरी संस्थापक नेताका साथै सुदूरपश्चिमका सांसदहरू बहिष्कार गर्ने तयारीमा छन् । रेशम यतिबेला जापान भ्रमणमा छन् ।
नाउपा स्रोतका अनुसार संरक्षक चौधरीको अनुपस्थितिमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएपछि एकथरी संस्थापक नेताहरू र सांसदहरू रुष्ट छन् । बैठक बिहान नौ बजे बोलाए पनि केही नेता र सांसदहरू टीकापुरमा नगई हालसम्म धनगढीमै रहेको नाउपा स्रोतले बतायो ।
पार्टी अध्यक्ष श्रेष्ठले फागुन २१ पछि बनेको नयाँ समीकरणको नेतृत्वमा सरकारमा जानुपर्ने बताउँदै आएकी छिन् । तर त्यसको विपरीत श्रेष्ठकी पति समेत रहेका संरक्षक चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई साथ दिनुपर्ने मनसायमा छन् ।
सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको थियो ।
नाउपाका ७ जना सांसदहरूमध्ये सुदूरपश्चिम सरकारका ५ जना मन्त्री छन् । आज बोलाइएको बैठकमा ५ मन्त्री बाहेक २ दुई जना सांसद मात्रै टीकापुर पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा