नाउपाले सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय गर्न बोलायो संस्थापक र सांसदहरूको बैठक
बुधबार, १४ चैत २०८०, ०८ : १३

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको छ ।
पार्टीका नेता दामोदर पण्डितका अनुसार आज बिहान नौ बजे २१ जना संस्थापकहरूको बैठक बस्दै छ । संथापकहरु सहितको सांसदहरूको बैठक दिउँसो बस्ने भएको हो । बैठकले सङ्घीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ ।
बैठकमा २१ जना संस्थापक र सङ्घीय र प्रदेशका गरी १६ जना सांसदहरूको सहभागिता रहने भएको छ ।