आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने

बुधबार, १४ चैत २०८०, ०७ : ४०
बुधबार, १४ चैत २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दै छ । 

सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । 

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजनालगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप