बीवाईडीले पार गर्यो ७० लाख विद्युतीय सवारी उत्पादनको कोशेढुंगा

एजेन्सी । चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको छ । विश्व प्रसिद्ध चिनियाँ विद्युतीय सवारी र ब्याट्री निर्माता बीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको हो ।
कम्पनीका अनुसार विश्वमा ७० लाख वटा विद्युतीय सवारी उत्पादन गर्ने बीवाईडी पहिलो हो । कम्पनीले ‘डेञ्जा एन ७’ नामक ७ मिलियन औँ विद्युतीय सवारी उत्पादन गर्दै जीनान फ्याक्ट्रीबाट सार्वजनिक गरेको हो ।
बीवाईडी पहिलोपटक सन २०२१ को मे महिनामा १ मिलियन वटा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी बनेको थियो । यसपछि यसको १८ महिना भित्रमा कम्पनी ५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।
५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने कीर्तिमान कायम गरेको ९ महिनापछि नै ७ मिलियनको ‘माइलस्टोन’ पार गरेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा नै विश्वव्यापीरुपमा ३ मिलियनभन्दा बढी विद्युतीय सवारीको बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ