होटलका कामदार मृत फेला, हत्या गरिएको आरोप

रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका– ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी गौरव महतले मृतकको शव परिवारको सहमतिमा पोस्टमार्टमको लागि काठमाडौँ पठाइएको जानकारी दिएका छन्। उनले पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने बताए।
पीडित परिवारले भने उनको हत्या गरिएको आरोप लगाएको छ। होटल धनीले ४ महिनाको तलब नदिएको भन्दै मृतक घिमिरेले सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए । मंगलबार होटलभित्रै झुन्डिएको अवस्था फेला पर्नु शङ्कास्पद रहेको पीडित परिवारको दाबी छ।
घिमिरेको परिवारले होटल धनी गुजरा नगरपालिका ९ अम्तावा गाउँका हबीब मियाँ अन्सारीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएपछि उनी फरार भएका छन् । फरार अन्सारीको खोजी तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप