हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईँका अङ्गरक्षकद्धय रामकुमार धिमाल र दीपक खड्कालाई चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट हतियार, १ सय राउण्ड गोली बरामद गरेको थियो ।
लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । आदेशमा भनिएको छ,‘निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम, कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी चुनाबाट आजै मुक्त गरिदिनु भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ ।’
यस्तै सर्वोच्चले इजाजतप्राप्त हतियार इजाजात पत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला