माओवादीले बोलायो पदाधिकारी बैठक
मङ्गलबार, १३ चैत २०८०, १७ : ५०
_Xh9OWOEbyu.jpg)
काठमाडाैँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ । ‘उपनिर्वाचनको तयारी, प्रदेशको सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन् ।
यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल