चोर पक्राउ गर्न आग्रह गर्दै काठमाडौँ महानगरपालिकाद्वारा प्रहरीमा पत्राचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चक्रपथ विस्तारका क्रममा कलंकीदेखि वसुन्धरासम्म राखिएका सूचना बोर्डहरू हराएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँलाई आवश्यक कारबाहीको व्यवस्था मिलाइदिन पत्राचार गरेको छ ।
महानगरपालिकाको तर्फबाट महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मंगलबार चोर पक्राउ गर्न आग्रह गर्दै प्रहरीलाई पत्राचार गरेका हुन् ।
जनगुनासोको व्यवस्थापन गर्न तथा उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्ने उद्देश्यले कलकी देखि वसुन्धरासम्मका नौ स्थानहरूमा महानगरपालिकाले जनतालाई सुसूचित गर्ने उद्देश्यले सूचना बोर्ड राखिए पनि अहिले नभएको उनले बताएका छन् ।
‘सो बोर्डहरू हाल उक्त स्थानहरूमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन/अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारवाही गरी दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ’, पाण्डेको पत्रमा उल्लेख छ ।
यसअघि काठमाडौं चक्रपथ सुधार योजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरलाई निर्देशन दिएको थियो ।
स्वीकृतिबिना सडक सीमाभित्र राखिएको होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन गत चैत २ गते सूचना प्रकाशन गरेर योजनाले निर्देशन दिएको थियो । सोही द्वन्द्व अहिले प्रहरीमा उजुरबाजुरसम्मको अवस्थामा पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)
-
दरबारमार्गमा सुरु भयो एमालेको जागरणसभा (LIVE)
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
-
कम्बोडियामा हुने आईक्याप सभामा भाग लिन माओवादी प्रतिनिधिहरू किन गएनन् ?
-
एमाले जग्गा विवाद : पाँचौँ पटक सुनुवाइ सर्यो, आज पनि हेर्न नभ्याइने हुँदै स्थगित