टी-२० क्रिकेट
करण केसीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
मङ्गलबार, १३ चैत २०८०, १६ : ०१
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो चौथो विकेट गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को चौथो विकेट करण केसीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई १७ रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रकले ११ बलमा दुई छक्का पनि हिर्काए । १४.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्डले एक सय रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?