पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

काठमाडौँ । चोरी गर्दागर्दै छिमेकीले सूचना दिएपछि घर घेर्न प्रहरी आउनासाथ भागेको चोर करिब डेढ घण्टापछि सोही घरमा फर्किएर चोरी गरी फरार भएको छ ।
घटना भारतको पन्जाब राज्यको जालन्धरमा भएको हो । गुरु गोविन्द सिंह एभेन्यु क्षेत्रको एउटा घरमा चोर प्रवेश गरेको थियो । दिउँसै पर्खाल नाघेर घरमा कोही प्रवेश गरेको देखेपछि छिमेकीले प्रहरीलाई सूचना दिएका थिए ।
लगत्तै उक्त घरमा प्रहरीको एउटा टोली पुगेको थियो । तर प्रहरीकै सामु पर्खाल नाघेर चोर भाग्न सफल भयो । केहीबेरमा प्रहरी पनि त्यहाँबाट फर्किएको थियो ।
तर उक्त घटनाको करिब डेढ घण्टापछि उक्त चोर कपडा फेरेर फेरि त्यही घरमा पर्खाल नाघेर प्रवेश गरेको थियो । यतिबेला छिमेकीले चोरलाई देखे पनि पक्राउ गर्न सफल भएनन् ।
यी दुवै घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । प्रहरीले चोर पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । उक्त घरमा के–कति सामान चोरी भयो भन्ने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु