इलाम-२ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम
मङ्गलबार, १३ चैत २०८०, १४ : १४

इलाम । इलाम–२ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।
वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।
बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह