चीनमाथि बेलायतले लगायो साइबर हमलाको आरोप

लन्डन । बेलायत सरकारले चीनमाथि सांसद र निर्वाचन आयोगविरुद्ध ‘दुर्भावपूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ । बेलायतले साइबर आक्रमण गरेको आरोपमा दुई व्यक्ति र एउटा कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
चीन आफ्नो आलोचना गर्ने बेलायती सांसदहरू र ४ करोड मतदाताहरूको डेटा हासिल गर्ने प्रयासमा भएको बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले भनेका छन् । बेलायतस्थित चिनियाँ दूतावासले भने यी आरोपहरूलाई निराधार बताएको छ । प्रतिबन्ध लगाइएका दुई चिनियाँ नागरिकहरू झाओ गुआन्जाउ र नि गुओबिन भएको बताइएको छ । प्रतिबन्धमा पर्ने कम्पनी चाहिँ वुहान जियोरिजी विज्ञान र प्रविधि कम्पनी लिमिटेड हो ।
यसैबिच अमेरिकाले पनि साइबर जासुस गर्ने चिनियाँ कम्पनी एड्भान्स्ड पर्सिस्टेन्ट थ्रेट ३१ (एपीटी ३१)माथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिका सरकारले चीनसँग सम्बन्धित एपीटी३१ विरुद्ध कारबाही गरिरहेको छ । यो कम्पनीको जालमा अमेरिकी अधिकारीहरू, राजनेतासहित कयौँ मानिस फसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही