हाम्रो नेपाली पार्टीद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो ।
२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए ।
अंक गणितमा सानो दल भएपनि संसदीय मूल्य र मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको उनले बताए । आगामी दिनमा संसदमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रही नागरिकको सेवामा रहने दृढ सङ्कल्प लिएर अघि बढेको उनको भनाई छ ।
उनका अनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौँडा, बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ दिनमा शिक्षकहरूले गरेर सडक आन्दोलनमै रक्तदान
-
सरकार धेरै समय नटिक्ने निष्कर्षमा माओवादी, देउवा पर्खिँदै प्रचण्ड
-
फवाद खानको प्रतिक्रिया : पहलगाम आक्रमण घिनलाग्दो
-
कलेजहरूलाई दिइने विदेशी कोषमा अमेरिकामा बढ्ने भयो निगरानी
-
चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
-
सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा