पराराष्ट्रमन्त्री श्रेष्ठ र विदेशीमन्त्री यीबिच आज भेटवार्ता हुँदै
बेइजिङ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।
विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ । नेपालले सन् २०१७ मेमा बीआरआई परियोजनामा हस्ताक्षर गरेपछि नौ वटा परियोजनामा काम गर्ने प्रस्तावमा छलफल गरे पनि हालसम्म कुनै परियोजना अगाडि बढेको छैन ।
यसपटक चीनले नेपालसँग कुनै एक परियोजना सुरुवात गर्ने चाहना राखेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबिच हुने छलफल पछि प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
वाङ यीसँगको भेटमा बीआरआई परियोजनाबारेमा बढी छलफल हुनेछ । बेइजिङस्थित नेपाल दूतावासका अनुसार छलफल यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सम्झौताका बुँदाहरूमा समेत छलफल हुनेछ ।
यसअघि, सोमबार परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटमा गत ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमतिपछि भएका प्रगति र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल गरिएको थियो ।
वाङ चिनियाँ कम्युनिस्ट पार्टीका सात सदस्यीय स्थायी समितिका पाँचौँ नम्बरका सदस्य हुन् । उनी चिनियाँ सरकारको सल्लाह दिने चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेभिक कन्फरेन्स(सीपीपीसीसी)का अध्यक्ष समेत हुन् । चीन र नेपालबिच भएका सहमतिहरूलाई कार्यान्वयन पक्षमा अगाडि बढाउन र नेपालको विकास साझेदारीमा चीनको साथ सहयोग रहने उनले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै
-
रौतहटमा १ वर्षमा मानव अधिकार उल्लंघनका ५६५ घटना
-
चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि आज खुल्दै
-
किताब बेचेरै भए पनि कृषि औजार उत्पादन गर्ने महावीर पुनको धोको
-
भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ