विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले
![विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले](https://npcdn.ratopati.com/media/news/mohammed-amir_FRD2abmyXr.jpg)
इस्लामवाद । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन् । आमिरले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका थिए ।
३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्सबाट खेलेका थिए । उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिए ।
आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ जहाँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ।’
‘म र पीसीबीबिच केही सकारात्मक कुराकानी भएको छ, जहाँ उहाँहरूले सम्मानजनक रूपमा मलाई महसुस गराउनुभयो कि म आवश्यक छु र म पाकिस्तानका लागि खेल्न सक्छु,’ उनले भने, ‘मेरो परिवार र शुभचिन्तकहरूसँग कुरा गरेपछि, म भन्न चाहन्छु - म टी-२० विश्वकप खेल्न उत्सुक छु। म विश्वकपका लागि उपलब्ध छु। म यो मेरो देशको लागि गर्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’