ईयूले एप्पल, मेटा र गुगल तीनैमाथि छानबिन गर्ने

ब्रसेल्स । यूरोपेली संघ (ईयू)ले विश्वका सबैभन्दा ठुला तीन वटा प्राविधिक कम्पनीलाई छानबिनको घेरामा राखेको छ । प्रतिस्पर्धा मिच्ने अभ्यास गरेको मामिलामा ईयूले फेसबुकको माउ कम्पनी मेटा, एप्पल र गुगलको माउ कम्पनी अल्फाबेटमाथि छानबिन गर्न लागेको हो ।
कम्पनीहरू सन् २०२२ मा लागु गरिएको डिजिटल बजार ऐन (डीएमए) कानुन उल्लङ्घन गरेको आशङ्कामा छानबिन गर्न लागिएको हो ।
कम्पनीहरूले यो कानुन मिचेको भेटिएमा वार्षिक कमाएको १० प्रतिशतसम्म जरिवाना तिर्नु पर्नेछ । ईयूको प्रतिस्पर्धा हेर्ने निकायका हाकिम मार्गरेथ भेष्टागरले सोमबार छानबिनको घोषणा गरेका हुन् । डीएमए कानूनको दायरामा ६ वटा कम्पनी परेका छन् । यी कम्पनी अल्फाबेट, मेटा, एप्पल, एमाजन, माइक्रोसफ्ट र बाइटडान्स हुन् । यिनीहरू विश्वको सबैभन्दा ठुला प्रविधि कम्पनी पनि हुन् ।
तर यीमध्ये कुनै पनि कम्पनी यूरोपका होइनन् । बाइटडान्स चिनियाँ कम्पनी हो भने बाँकी सबै अमेरिकी कम्पनी हुन् । ईयूले म्युजिक स्ट्रिमिङ सेवामा मनपरी गरेको भन्दै ईयूले १ अर्ब ८० करोड यूरो तिराएको दुई हप्ता नबित्दै कम्पनीमाथि अर्को छानबिन सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो