मधेस प्रदेशका सभामुख मण्डललाई महामूर्खको उपाधि
काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधिले सम्मानित गरिएको छ । यस वर्षको महामूर्ख सम्मेलनमा मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो ।
महामूर्खको उपाधि पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखिएको थियो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ । यस्तै मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मान गरिएको छ ।
त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मानित गरिएको छ ।
जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होलीको अवसरमा हास्य उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने