भारतले लम्ब्यायो प्याज निर्यात प्रतिबन्ध

काठमाडौँ । लोकसभाको चुनाव नजिकिँदै गर्दा भारतले प्याजको निर्यात प्रतिबन्ध लम्ब्याएको छ । सन् २०२३ को डिसेम्बरदेखि नै भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।
वैदेशिक व्यापार महानिर्देशनालयले फेरि एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि निर्यात प्रतिबन्ध कायमै हुने जानकारी दिएको हो ।
महानिर्देशनालयको सूचनामा लेखिएको छ, ‘३१ मार्चसम्मका लागि लगाइएको प्याजको निर्यात अर्को सूचना जारी नहुँदासम्मका लागि कायम राखिएको छ ।’ भारत सरकारले प्याजको निर्यातबाट आन्तरिक बजारमा आपूर्ति कम हुँदा मूल्य बढ्न थालेसँगै यसको निर्यातमा रोक लगाउँदै आइरहेको छ ।
सोमबार चेन्नाईमा प्याजको मूल्य प्रतिकिलो ५५ भारु छ । यस्तै, राजधानी देल्लीमा ४० भारु र मुम्बईमा प्रतिकिलो ३५ भारु छ ।
यता नासिकमा प्रतिकिलो ३० भारु कायम रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा पनि व्यापारीले मूल्य बढाउन सक्ने सम्भावना बढेर गएको छ ।
बहानाको खोजीमा रहने नेपाली व्यापारीले यही कारण मूल्य बढाउने देखिएको हो । भारतबाट औपचारिक माध्यमबाट प्याज नआए पनि हाल कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा प्रतिकिलो ७२ रुपैयाँमा भारतीय प्याज बिक्री भइरहेको छ । यद्यपि, यस अवधिसम्ममा भारतबाट १ अर्ब ९० करोड रुपैयाँको प्याज आयात भएको तथ्याङ्क छ ।
यस्तै, चीनबाट ४ करोड ८ लाख २२ हजार रुपैयाँको प्याज आयात भएको छ । चीनबाट आयात हुने प्याज उपभोक्ताको रोजाइमा नपर्दा उल्लेख्य मात्रामा आउन सकेको छैन ।
यसबाहेक प्रतिबन्ध लाग्नुअघिको समयमा भने भारतबाट पर्याप्त मात्रामा प्याजको आयात हुने गरेको तथ्याङ्कले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड