चारजना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी संखुवासभाको मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बाख्रा चराउन गएका घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
दोलखाको मेलुङ गाउँपालिका-७ सितली ज्यामिरेस्थित पाखामा पनि एक पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दोलखाकै भिमेश्वर नगरपालिका-२ तामाकोशी नदीमा अन्दाजी ३१ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा
-
बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महिनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला ?
-
मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन
-
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार
-
अशोक शर्माको ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन