शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘द रेड सुटकेस’को टिजरमा सौगात–विपीन खोइ ?

सोमबार, १२ चैत २०८०, १६ : २८
सोमबार, १२ चैत २०८०

काठमाडौँ । भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा सोमबार निर्माण युनिटले टिजर सार्वजनिक गरेको हो । फिल्म आगामी ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । 

फिल्मको कथा र कथा वाचनको शैली प्रस्तुत गर्ने गरी टिजर निर्माण भएको छ । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । 

टिजरमा छायाँकन, ध्वनि र रङको गज्जबको सम्मिश्रण देख्न सकिन्छ । टिजरले मिथ र यथार्थको कोलाजमा नेपालको आप्रवासी परम्परालाई उच्च दृश्यमार्फत् प्रस्तुत गर्ने संकेत गरेको छ । 

सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्ममा अभिनेता प्रवीण खतिवडा रोचक भूमिकामा छन् । टिजरमा प्रवीण मात्र अटाएका छन् । निर्माण युनिटले टिजमार विपिन र सौगात लुकाएको छ । किन केही भनेको छैन ।

‘राम्रो कथामा असल कलाकार सुनमा सुगन्ध हुन् । फिल्ममा देशका उम्दा कलाकारको अभिनय छ । तर टिजरमा हामीले कथा र यसलाई कसरी भनिएको छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ । यस पछाडिका दृश्य सामाग्रीमा बाँकी कलाकार पनि खुल्दै जानुहुनेछ,’ विपिन र सौगात लुकाइएको विषयमा देवकोटाले स्पष्ट पारे ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप