नेप्से सूचक १७ अंकले घट्यो, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौँ । चार दिनपछि एकैपटक सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.०१ अंकले घट्दै २ हजार ३१.५५ अंकमा झरेको हो ।
त्यसो त यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६४ अंकले घट्दै ३६०.७७ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै आज कारोबार समेत केही घट्दै २ अर्ब ४८ करोड ९१ लाखमा झरेको छ ।
आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोर्टलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । तर किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले भने आज समान १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा