फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख
सोमबार, १२ चैत २०८०, १२ : ३४
काठमाडौँ । चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरू प्रदर्शनी गरेका छन् । सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो । प्रदर्शनीमा ४० वटा फोटोहरू राखिएको थियो ।
उक्त प्रदर्शनीमा उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै यस्तो प्रकारको प्रदर्शनीले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘फोटो आफैँ बोल्छ भने जस्तै फोटोहरूको माध्यमबाट पनि धेरै परिवर्तनहरू गर्न सकिन्छ । क्रान्ति गर्न सकिन्छ । यस्तो प्रकारको कामले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न पनि सहयोग गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै
-
योजना छनोटमा हुने बेथिति रोक्न कानुन बनाउँदै कर्णाली सरकार
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?