वीरगन्जमा होलीको रौनक (तस्बिरहरू)
सोमबार, १२ चैत २०८०, १२ : २१
वीरगन्ज । तराईका जिल्लाहरूमा आज होली पर्व सुरु भएको । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लामा होली सुरु भएको हो ।
यसैगरी वीरगन्जमा पनि बिहानैदेखि होली पर्वको रौनक सुरु भएको छ । स्थानीयवासीले एक अर्कालाई रङ्ग र अबिर दलेर खुसीयाली साटासाटसँगै होली मनाइरहेका छन् ।
वीरगन्जको मुख्य बजारमा होली मनाउनका लागि मानिस जम्मा भइरहेका छन् । खासगरी वीरगन्जको आदर्श नगरमा होली धूमधामले मनाउने चलन भएकाले अहिलेदेखि सो नगरमा भिडभाड बढ्न थालेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ्ग र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराइका जिल्लाहरूमा बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?
-
टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’
-
देशभर २ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
-
नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आधिकारिक वेबसाइट लन्च
-
अध्यादेशको पक्षमा उभिने जसपा नेपालको सङ्केत, अन्तिम निर्णय बिहीबार