‘रामायण’का लागि शाकाहारी बने रणवीर
मुम्बई । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरजस्त क्रेज बनेको छ ।
फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन् ।
यहीबिचमा रणवीरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ । यो अभ्यासमा शीरको सहारामा शरीरलाई ठाडो बनाइन्छ । रणवीरले यस्तो अभ्यास पहिलो पटक गरेका छन् । तस्बिर उनको ट्रेनरले सामाजिक सञ्जालमा शेयर गरेका छन् । जहाँ रणवीर कालो सर्ट र फूल स्लीब्स टीसर्ट लगाएका छन् ।
फिल्मका लागि नितेशले डिक्सन (बोल्ने लवज) र संवादको विभाग नै बनाएका छन् । कलाकारका लागि पहिरनको काम पनि द्रुत गतिमा भइरहेको छ । हरेक चरित्रका लागि पहिरन निर्माणको काम भइरहेको छ । रणवीरले घण्टौँसम्म संवादको रिहर्सल सुरु गरिसकेका छन् ।
रणवीरले चरित्रकै लागि आफ्नो खानाको सेड्युल फेरिसकेका छन् । उनले मांसाहारी खाना छोडेर शाकाहारी खाना सुरु गरिसकेका छन् । भगवान् श्रीरामको जस्तै शुद्ध र पवित्र अनुभव गर्नका लागि रात्रिकालीन पार्टीमा जाने छैनन् ।
फिल्मको सुटिङ आगामी वर्षबाट सुरु हुनेछ । फिल्ममा साई पल्लवीले सीताको भूमिका निभाउनेछिन् भने यशले रावण र सनी देओलले हनुमान चरित्र निभाउनेछन् । अमिताभ बच्चन भने दशरथ भूमिकामा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास