राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास भएन: मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकेको बताएका छन् ।
पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएकाे भेटघाटमा उनले देशमा स्थिर सरकारको आवश्यकता औँल्याए ।
पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।
कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिँदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए ।
कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए ।
कतिपय कानुन संशोधन गर्न जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरू बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरू अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या पनि समस्या परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य : अध्यक्ष नेपाल
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा