उदयपुरमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्रको गोताखोर परिचालन
सोमबार, १२ चैत २०८०, १० : २४

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोशीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । आइतबार होली खेलेपछि नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका हुन् ।
त्रियुगा नगरपालिका स्थित ढाप्लाङ्गबाट हराएका बालबालिका खोज्न कोशी प्रदेश स्थित १ नम्बर बराहा बाहिनी मुख्यालयबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । आइतबार साँझ सशस्त्र प्रहरी बल नम्बर ५ गण त्रियुगाको टोलीले खोजतलास गरेको थियो ।
अहिले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर