होली खेल्ने क्रममा महाकाल मन्दिरमा आगलागी : १३ जना घाइते

उज्जैन । मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा अबिर फाल्ने क्रममा आगलागी भएको हो ।
उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जिल्ला अधिकारी नीरजकुमार सिंहले भने, ‘भस्म आरतीका क्रममा आगलागी भएको हो । यस घटनामा १३ जना घाइते भएका छन् ।’
घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो । पुजारी अनिश शर्माले भने, ‘महाकाल मन्दिर परिसरमा परम्परागत होली पर्व मनाइँदै थियो । रङको प्रयोगका कारण गर्भगृहमा आगलागी भएको छ । घटनामा मन्दिरका पुजारी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।’
स्थानीय सञ्चारमाध्यमका अनुसार भस्म आरतीका क्रममा अबिर खन्याउँदा यो दुर्घटना भएको हो । दियोबाट उडिरहेको अबिरमा आगो सल्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक