ललितपुर महानगरपालिका प्रमुख महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबिच भेटवार्ता

काठमाडौँ । ललितपुरमा विदेशी पर्यटकहरुको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र न्युयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबिच छलफल भएको छ ।
अमेरिकाको न्युयोर्कमा भएको भेटमा महानगर प्रमुख महर्जन र पर्यटन प्रवद्र्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल भएको श्रेष्ठले जानकारी दिए । भेटवार्तामा महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरका रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीव्र बनाइएको बताएका थिए ।
दुई पक्षीय भेटमा प्रवद्र्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए । महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेक विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको उनले जानकारी दिए । उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजना अघि बढाएको समेत बताए ।
पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनः निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तरराष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसारको खाँचो रहेको उनको भनाइ थियो । भेटवार्तामा पर्यटन प्रवद्र्धक श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए । प्रमुख महर्जन विश्व बैङ्कले आयोजना गरेको यातायात व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न जरुरी छ: मुख्यमन्त्री आचार्य
-
‘लाज शरणम्’को ट्रेलर रिलिज कार्यक्रम स्थगित
-
कैलालीमा पानीमा डुबेर एक वालकको मृत्यु
-
प्रजातन्त्रकै जगमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो : अध्यक्ष नेपाल
-
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
-
बागमती गोल्डकप : आज एपीएफ र संकटा भिड्दै