इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली
आइतबार, ११ चैत २०८०, २१ : ४३
![इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली](https://npcdn.ratopati.com/media/news/rl-fikkal-illam_FvcSwl5BCq.jpg)
फिक्कल । इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर सामूहिक रुपमा होली पर्व मनाएका हुन् ।
कारागार कार्यालयका प्रमुख प्रमुख गौरव ढुङ्गेल, चौकीदार र नाइकेहरुले कारागारभित्र रहेका कैदीबन्दीलाई रङ्ग तथा अबिर लगाइदिएका थिए । मानसिक अस्वस्थताबाट मुक्तिका लागि कारगारभित्र होली पर्व मनाइएको कारागार प्रमुख ढुङ्गेलले बताए ।
“जेलजीवन बिताइरहेका कैदीबन्दीका साथ रङ्ग अबिर साटासाट गरी होली पर्व मनाइएको छ,” उनले भने, “आफूले पाएको सजायकै कारण मानसिक रुपमा अस्वस्थ भएकालाई सहभागी गराएर होली पर्व मनाएका हौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि