राजस्थानले लखनउलाई २० रनले हरायो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको छ । जारी आईपीएलमा राजस्थानले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउ सुपर जाइन्ट्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सका लागि कप्तान सञ्जु सामसनले अविजित ८२ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान सञ्जुले आक्रामक ब्याटिङ गर्दै केवल ५२ बलमा ६ छक्का र तीन चौका पनि प्रहार गरे ।
चौथो नम्बरका क्रिज समाल्न आएका रियान परागले पनि टोलीको खातामा ४३ रन थपे । उनले केवल २९ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । त्यसअघि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले २४ रन बनाएका थिए ।
यशस्वीले केवल १२ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । अर्का ओपनर जस बट्लर भने ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । ध्रुव जुरेल २० रनमा अविजित रहे । उनले १२ बलमा एक छक्का र एक चौका प्रहार गरे ।
राजस्थानले अतिरिक्त रुपमा पनि आठ रन पाएको थियो । लखनउका बलर नविन उल हकले दुई विकेट लिए । उनले चार ओभरमा ४१ रन खर्चिएका थिए । मोहसिन खान र रवि बिस्नोईले पनि एक-एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको लखनउ दुई ब्याट्सम्यानले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । लखनउका लागि ओपनर ब्याट्सम्यान केएल राहुलले अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५८ रन थपे । कप्तानसमेत रहेका विकेटकिपर ब्याट्सम्यान राहुलले केवल ४४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए ।
माथिल्लो क्रमका अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर क्विन्टन डी कक चार रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान देवदत्त पाडिकल त खाता खोल्नुअघि नै पेभेलियन फर्किएक थिए ।
छैटौं नम्बरका ब्याट्सम्यान निकोलस पुरणले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा अविजित ६४ रन थपे । उनले केवल ४१ बलको सामना गरी चार छक्का र चार चौका प्रहार गरेका थिए । दीपक हुदाले पनि २६ रन बनाए । उनले १३ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।
लखनउले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो । राजस्थानका बलर ट्रेन्ट बोल्टले दुई विकेट लिएका थिए । नान्द्रे बर्गर, रविचन्द्रन आश्विन, युजवेन्द्र चाहल र सन्दीप शर्माले पनि एक-एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह
-
पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र