खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न मन्त्री श्रेष्ठको निर्देशन

पोखरा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न निर्देशन दिएका छन् । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको अवलोकन गर्ने क्रममा उनले क्रिकेट रंगशाला बनाउन राजनीति गर्न नहुने बताए ।
उनले पोखराको क्रिकेट मैदानलाई कमनसेन्स लगाएर भएपनि बजेट दिनुपर्ने सुनाए । ‘राजनीति आफ्नो ठाउँमा होला, कमसेकम कमनसेन्स पनि चाहियो के,’ उनले भने ।
क्रिकेट मैदानबारे प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी गराएका थिए । पूर्वाधारयुक्त मैदान बनाउन १ अर्ब ७७ करोड रुपैयाँको वृहत् गुरुयोजना निर्माण गरिएको छ । तर बजेट अभावका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । उनले त्यति धेरै बजेको अपेक्षा सङ्घले नगरेको बताए । ‘त्यत्रो पैसा हामीले आशै गरेका छैनौँ । अहिले नै बन्छ भन्ने पनि लागेको छैन,’ उनले भने, ‘क्यानले पूर्वाधारमा पैसा दिँदैन । अरूमा पनि कसको मान्छे भनेर हरहिसाब गर्छन् ।’
श्रेष्ठले रंगशालाभित्र रहको बहुउद्देश्यीय कभर्ड हलको पनि निरीक्षण गरे । कभर्डहललाई साउण्डप्रुफ बनाउने काम अघि बढाउन उनको निर्देशन छ । रंगशालामा रहेका फुटबल स्टेडियम, आर्चरी, टेनिस र स्वकास, मुवाथाइ प्रशिक्षण केन्द्र लगायतको निरीक्षण गरेका हुन् । उनले रंगशालामा रहेका संरचनाको संरक्षण नभएकोमा असन्तुष्टि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा