समाचार
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा डुबेर बेपत्ता
आइतबार, ११ चैत २०८०, १८ : ५९
विराटनगर । होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएका थिए ।
बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।
उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?